April 8, 2026

'रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ हुने'

चैत्र १२, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध दायर सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गरी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमाथिको सुनुवाइ अझै टुंगोमा पुगेको छैन।

विज्ञापन
No data was found

सर्वोच्च अदालतमा न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा सोमबारदेखि सुरु भएको सुनुवाइ तेस्रो दिन बिहीबारसम्म पनि नसकिएपछि ‘हेर्दाहेर्दै’मा राख्दै आइतबारका लागि सारिएको हो। शुक्रबार रामनवमी का कारण सार्वजनिक बिदा परेकाले अब सुनुवाइ आइतबार मात्र हुनेछ।

विज्ञापन
No data was found

बिहीबारको बहसमा महान्यायाधिवक्ता सविता भण्डारी, नायब महान्यायाधिवक्ता सन्जीवराज रेग्मी तथा लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरेका थिए। आइतबार प्रतिवादी पक्षका वकिलहरूले बहस सकेपछि जबाफी बहस हुनेछ।

विज्ञापन
No data was found

यसअघि पनि लगातार चार दिन सुनुवाइ भएपछि चैत ५ गते न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले माघ २ गते भएको अभियोग संशोधनसम्बन्धी निर्णयको फाइल झिकाउन आदेश दिएको थियो।

महान्यायाधिवक्ता भण्डारीले पुस ३० गते लामिछानेको हकमा निर्णय गरेकी थिइन् भने त्यसपछि माघ २ गते सबै प्रतिवादीको हकमा समेत अभियोग संशोधन गर्ने निर्णय गरिएको थियो। तर उक्त निर्णयसम्बन्धी विवरण महान्यायाधिवक्ताको लिखित जवाफमा स्पष्ट रूपमा उल्लेख नभएपछि अदालतले सम्बन्धित कागजात झिकाउन आदेश दिएको हो।

उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट दायर भएका छन्। निवेदकहरूले महान्यायाधिवक्ताको निर्णय गैरकानुनी भएको भन्दै त्यसलाई कार्यान्वयन नगर्न र नगर्नाउन अन्तरिम आदेशको माग गरेका छन्।

रिटमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अभियोगलाई कमजोर पार्ने प्रयास भएको आरोपसमेत लगाइएको छ। साथै, मुद्दाको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन रोक्न माग गरिएको छ।

लामिछानेले भने आफूविरुद्ध राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको दाबी गर्दै अभियोग संशोधनको निवेदन दिएका थिए। महान्यायाधिवक्ताको निर्णयमा पीडित बचतकर्ताको हितलाई प्राथमिकता दिँदै ठगीसम्बन्धी अभियोग कायम राखी संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग हटाउने निर्णय गरिएको उल्लेख छ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ अनुसार नयाँ प्रमाणका आधारमा अदालतमा दायर भइसकेको मुद्दामा अभियोग संशोधन गर्न सकिने व्यवस्था छ।

यसअघि सहकारी ठगी प्रकरणमा विभिन्न जिल्ला अदालतहरूमा मुद्दा चलिरहेका छन्। रूपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड रुपैयाँ धरौटी माग गरेको थियो भने उनले कुल ३ करोड ७४ लाख रुपैयाँ बुझाएर रिहा भएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

नेपाल डे परेडसम्बन्धी ऐतिहासिक सहमति: नेपाली समुदायमा एकताको नयाँ अध्याय सुरु

2

कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

3

सुनचाँदीको मूल्यमा केही गिरावट

4

रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ हुने

5

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

6

गायक सन्तेन्जी शेर्पाको सैलुङ्ग डाँडा सय थुम्का नयाँ गीत सार्वजनिक 

7

शेर्पा बिद्यार्थी संघ ओखलढुंगाले खुला मिनि म्याराथन प्रतियोगिता गर्ने

No data was found
यो पनि पढ्नुहोस

नेपाल डे परेडसम्बन्धी ऐतिहासिक सहमति: नेपाली समुदायमा एकताको नयाँ अध्याय सुरु

कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

सुनचाँदीको मूल्यमा केही गिरावट

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

गायक सन्तेन्जी शेर्पाको सैलुङ्ग डाँडा सय थुम्का नयाँ गीत सार्वजनिक 

शेर्पा बिद्यार्थी संघ ओखलढुंगाले खुला मिनि म्याराथन प्रतियोगिता गर्ने

इन्जिनियर किरण केसी उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृत नियुक्त

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध