April 8, 2026

'शेर्पा सञ्चार समूह नेपालले ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गर्ने'

माघ २५, २०८२

शेर्पा सञ्चार समूह नेपालले मे फो त लो २१५३ औं ग्याल्पो लोसारको अवसरमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।
फागुन २ गते हुने सो कार्यक्रममा शेर्पा समुदायको भाषा,कला, संस्कृति संरक्षण तथा अधिकार र पहिचानको लागि वर्तमान अवस्थामा मिडियाको भूमिका विषयमा अन्तरक्रिया गरिने महासचिव मिङ्मा शेर्पाले जानकारी दिनुभयो ।
संस्थाले शेर्पा समुदायको भाषा,कला र संस्कार संस्कृतिलाई संरक्षण तथा सम्बर्द्द्न गर्नुका साथै समुदायलाई पत्रकारिताको मुलधारमा ल्याउने उद्देश्यले विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा लाग्न चाहने व्यक्तिहरूलाई विभिन्न तालिम प्रदान गर्दै आएको छ ।
शेर्पा तथा नेपाली भाषामा उद्घोषण तालिम,समाचार लेखन र फोटो पत्रकारिता सम्बन्धी तालिम वार्षिक रुपमा सञ्चालन गर्दै आएको संस्थाका कार्यबाहक अध्यक्ष डोल्मा शेर्पाले बताइन ।
संस्थाले शेर्पा समुदाय रहेको जिल्लाहरूमा समेत संस्थाको शाखा विस्तार गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।संस्थाले सोलुखुम्बु, ओखुलढुङगा,खोटाङ,रामेछाप,ताप्लेजुङ र झापामा शाखा विस्तार गरि पत्रकारिता सम्बन्धी तालिम सञ्चालन गर्दै आइरहेको संस्थाका महासचिव शेर्पाले जानकारी गराए

विज्ञापन
No data was found

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

नेपाल डे परेडसम्बन्धी ऐतिहासिक सहमति: नेपाली समुदायमा एकताको नयाँ अध्याय सुरु

2

कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

3

सुनचाँदीको मूल्यमा केही गिरावट

4

रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ हुने

5

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

6

गायक सन्तेन्जी शेर्पाको सैलुङ्ग डाँडा सय थुम्का नयाँ गीत सार्वजनिक 

7

शेर्पा बिद्यार्थी संघ ओखलढुंगाले खुला मिनि म्याराथन प्रतियोगिता गर्ने

No data was found
यो पनि पढ्नुहोस

इन्जिनियर किरण केसी उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृत नियुक्त