April 8, 2026

'सुरेश रजककी श्रीमतीलाई रोजगारी दिँदै मन्त्री खरेलले भने,’शहीद घोषणाका लागि पहल गर्छु’'

मंसिर २, २०८२

अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत वर्षको चैत १५ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्न पहल गर्ने बताएका छन् ।

विज्ञापन
No data was found

मंगलबार मन्त्रालयमा स्व. रजककी श्रीमती सूजन मगियालाई सरकारको तर्फबाट रोजगारी दिँदै यस्तो घोषणा गरेका हुन् ।

विज्ञापन
No data was found

उनले सुरेशलाई पत्रकार शहीदको रुपमा घोषणा गर्नुपर्ने आफ्नो माग रहेको र सोहीअनुसार प्रक्रिया अघि बढाउने बताए । सूजनलाई सरकारको तर्फबाट सञ्चार मन्त्रालयअन्तर्गत सुरक्षण मुद्रण केन्द्रमा नियुक्त गरिएको छ ।

विज्ञापन
No data was found

यदी सूजनले अध्ययन गर्न चाहेको खण्डमा कुनैपनि क्याम्पसमा अध्ययनका लागि सरकार र आफ्नो तर्फबाट पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । पत्रकार रजकको २०८१ चैत १५ मा तीनकुनेमा भएको आन्दोलनका क्रममा भिडियो कैद गर्ने क्रममा ज्यान गएको थियो ।

उनले भने,‘सञ्चार मन्त्रालयअन्तर्गत सुरक्षण मुद्रण केन्द्रमा नियुक्त गरिएको छ । यो कानूनसम्मत हिसावले मन्त्रालयबाट नियुक्त गरिएको हो । उहाँको चाहनाअनुसार थोरै भएपनि राहत दिनसक्छ की भन्ने हो । यसबाट जागिरको शुरुवात हुन्छ, जागिर नविकरण हुँदै जान्छ । सूजन बहिनीले पढ्न चाहनुभयो भने कुनैपनि विषयमा अध्ययन गर्ने चाहना छ भने सम्बन्धित कलेजमा पढाइदिन छात्रावृत्ति, छुट र सजिलोसँग पढ्ने वातावरण मिलाउने मेरो चाहना छ । तपाईंले कुनै कलेजमा अध्ययन गर्ने चाहना छ भने म मेरो व्यक्तिगत र सरकारको तर्फबाट पनि बहिनीलाई सहयोग गर्नेछु । सुरेशलाई पत्रकार शहीदको रुपमा घोषणा गरिनुपर्छ । सरकारको मन्त्रीको हिसावले यो प्रक्रिया बढाउन म प्रतिवद्ध छु ।’

स्व. पत्रकार रजकको शालिक बनाउने प्रक्रिया पनि सरकारले अध्ययन गरिरहेको र यसबारेमा सरकारले निर्णय गर्ने बताए । सुरेसकोमात्रै छानविन गर्ने घटना नभएको भन्दै घटनाको अन्य सबै कुराहरुको बारेमा अध्ययन हुनुपर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

नेपाल डे परेडसम्बन्धी ऐतिहासिक सहमति: नेपाली समुदायमा एकताको नयाँ अध्याय सुरु

2

कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

3

सुनचाँदीको मूल्यमा केही गिरावट

4

रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ हुने

5

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

6

गायक सन्तेन्जी शेर्पाको सैलुङ्ग डाँडा सय थुम्का नयाँ गीत सार्वजनिक 

7

शेर्पा बिद्यार्थी संघ ओखलढुंगाले खुला मिनि म्याराथन प्रतियोगिता गर्ने

No data was found
यो पनि पढ्नुहोस

नेपाल डे परेडसम्बन्धी ऐतिहासिक सहमति: नेपाली समुदायमा एकताको नयाँ अध्याय सुरु

कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

सुनचाँदीको मूल्यमा केही गिरावट

रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ हुने

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

गायक सन्तेन्जी शेर्पाको सैलुङ्ग डाँडा सय थुम्का नयाँ गीत सार्वजनिक 

शेर्पा बिद्यार्थी संघ ओखलढुंगाले खुला मिनि म्याराथन प्रतियोगिता गर्ने

इन्जिनियर किरण केसी उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृत नियुक्त