नयाँ दिल्ली : भारत सरकारले दिल्लीको लालकिल्ला नजिकै भएको कार विस्फोटलाई ‘आतंकवादी हमला’ भएको घोषणा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घटनाको कडा शब्दमा निन्दा गर्ने प्रस्ताव पारितसमेत गरेको छ।
विज्ञापन
No data was found
बैठकपछि केन्द्रीय मन्त्री अश्विनी वैष्णवले भने, ‘१० नोभेम्बरमा लालकिल्ला नजिकै देशविरोधी तत्वहरूले कार बम विस्फोट गराई आतंकवादी घटनालाई अन्जाम दिए। घटनामा मारिएका परिवारप्रति सरकार गहिरो संवेदना व्यक्त गर्दछ र घाइतेहरूको छिटो स्वास्थ्य लाभको कामना गर्दछ,’ सञ्चारकर्मीसँग उनले भने। सरकारले सुरक्षा अधिकारी र स्वास्थ्यकर्मीले गरेको उद्धार र उपचारमा देखाएको सक्रियतालाई प्रशंसा गरेको छ।
विज्ञापन
No data was found
विज्ञापन
No data was found