हमासले नेपाली विद्यार्थी विपिन जोशीसहित चार मृतक बन्धकको नाम सार्वजनिक गरेको छ। हमासको सैन्य शाखाले चार मृतक बन्धकको नाम पुष्टि गर्दै शव आज फिर्ता गर्ने घोषणा गरेको हो।
विज्ञापन
No data was found
हमासको सैन्य शाखाका अनुसार फिर्ता गरिने चार बन्धकका शवमा विपिनसहित इजरायली नागरिकहरू गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन्।
विज्ञापन
No data was found
यसअघि आज बिहान इजरायली अधिकारीहरूले जोशी जीवित नरहेको जानकारी गराएका थिए। इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र सेनाले जोशी जीवित नरहेको औपचारिक जानकारी इजरायलस्थित नेपाली राजदूतावासलाई गराएका हुन्।
विज्ञापन
No data was found
हमासले जोशीलाई किबुल आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको थियो। उनी अपहरण परेको केही समयसम्मको जीवित भिडियो केही दिनअघि सार्वजनिक भएको थियो।
हमासले आज आफ्नो कब्जामा रहेका २० जनालाई रेडक्रसका अधिकारीमार्फत इजरायलसमक्ष बुझाएको थियो।