April 8, 2026

'प्रहरीले महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी माग्यो, अदालतले भन्यो- थप प्रमाण लिएर आउनू'

अशोज २१, २०८२

प्रहरीले नेकपा एमालेका नेता महेश बस्नेतलाई पक्राउ गर्ने अनुमति दिन अदालतसँग माग गरेको छ ।

विज्ञापन
No data was found

काठमाडौं जिल्ला अदालत पुगेर प्रहरीले बस्नेतविरुद्ध पक्राउ पुर्जी मागेको हो । बस्नेतविरुद्ध साइबर अपराध सम्बन्धमा जाहेरी परेपछि प्रहरी पक्राउ पुर्जी माग्दै अदालत गएको थियो ।

विज्ञापन
No data was found

तर, अदालतले तत्काल पक्राउ पुर्जी दिएको छैन । काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार अदालतले थप प्रमाण पेस गर्न आदेश गरेको छ ।

विज्ञापन
No data was found

अब प्रहरीले बस्नेतलाई पक्राउको अनुमति लिनका लागि थप प्रमाण लिएर आउनुपर्ने अदालत स्रोत बताउँछ ।

स्रोतका अनुसार विद्युतीय कारोबार कसुर ऐन अन्तर्गत प्रहरीले पक्राउ अनुमति मागेकोमा अदालतले थप प्रमाण पेस गर्न भनेको हो ।

यता बस्नेतले भने आफूविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक टिप्पणी गर्दै उनले लेखेका छन्, ‘अदालतप्रति हार्दिक सम्मान र आभार व्यक्त गर्दछु ।’

वर्तमान सरकारले आफूले राष्ट्रियता र जनहितको बारेमा बोलेका बोली बन्द गर्न चाहेको बस्नेतको आरोप छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

नेपाल डे परेडसम्बन्धी ऐतिहासिक सहमति: नेपाली समुदायमा एकताको नयाँ अध्याय सुरु

2

कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

3

सुनचाँदीको मूल्यमा केही गिरावट

4

रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ हुने

5

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

6

गायक सन्तेन्जी शेर्पाको सैलुङ्ग डाँडा सय थुम्का नयाँ गीत सार्वजनिक 

7

शेर्पा बिद्यार्थी संघ ओखलढुंगाले खुला मिनि म्याराथन प्रतियोगिता गर्ने

No data was found
यो पनि पढ्नुहोस

इन्जिनियर किरण केसी उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृत नियुक्त