April 8, 2026

'टी–२० सिरिज : मलेसियामाथि नेपाल ६ विकेटले विजयी'

अशोज २१, २०८२

अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको चौथो खेलमा मलेसियामाथि नेपाल ६ विकेटले विजयी भएको छ।

विज्ञापन
No data was found

सुरुमा ब्याटिङ गरेको मलेसियाले नेपाललाई ११२ रनको चुनौती दिएको थियो। टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियाले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १११ रन बनाएको हो। मलेसियाका लागि मास एलिसाले अर्धशतक बनाइन् । ६३ बलको सामना गरेकी उनले ५६ न जोडेकी हुन् ।
मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि कविता खड्काले तीन विकेट हात पार्दा पूजा महतो र कविता जोशीले एकएक विकेट हात पारे । उत्कृष्ट बलिङ गरेकी कविताले चार ओभरमा १० रन खर्चिएर तीन विकेट हात पारेकी हुन् ।

विज्ञापन
No data was found

जवाफी ब्याटिङ गरेको नेपालले १७ ओभर तीन बलमा चार विकेट गुमाएर ११५ रन बनाएको हो। नेपालका लागि कप्तान इन्दु बर्माले नटआउट ४८ रन बनाइन्। ३९ बलको सामना गरेकी बर्मा अर्धशतक बनाउन दुई रनले चुकेकी हुन्। कप्तान बर्मासँग उत्कृष्ट साझेदारी गरेकी रुबिना क्षेत्रीले २३ बलको सामना गर्दै २३ रन थपिन। कप्तान बर्मा र क्षेत्री नटआउट रहे।
मलेसियाका लागि आइन्ना हामीजाह, नूर दानियाँ र माहिराले एकएक विकेट हात पारे ।
पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा ६ विकेटको सानदार जित निकालेको हो।

विज्ञापन
No data was found

यो जितसँगै नेपालले मलेसियासँगको पाँच खेलको सिरिजमा २–२ को बराबरी गरेको छ। सिरिजको फाइनल बुधबार हुँदैछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

नेपाल डे परेडसम्बन्धी ऐतिहासिक सहमति: नेपाली समुदायमा एकताको नयाँ अध्याय सुरु

2

कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

3

सुनचाँदीको मूल्यमा केही गिरावट

4

रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ हुने

5

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

6

गायक सन्तेन्जी शेर्पाको सैलुङ्ग डाँडा सय थुम्का नयाँ गीत सार्वजनिक 

7

शेर्पा बिद्यार्थी संघ ओखलढुंगाले खुला मिनि म्याराथन प्रतियोगिता गर्ने

No data was found
यो पनि पढ्नुहोस

इन्जिनियर किरण केसी उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृत नियुक्त