April 8, 2026

'प्रशिक्षक भट्टको बदनाम गर्ने तर्फ केही व्यक्ति। सामाजिक सञ्जालमा गलत प्रचार नगर्न भलिबल संघको आग्रह  '

अशोज १०, २०८२

नेपाल भलिबल सङ्घले मुख्य प्रशिक्षक जगदीश प्रसाद भट्ट विरुद्ध सामाजिक सञ्जाल मार्फत भइरहेको गालीगलस प्रचारप्रति आपत्ति जनाएको छ। साथै भट्टले केही दिनअघि फेसबुक मार्फत भलिबलका कुनै पनि कार्यक्रममा सहभागी नहुने घोषणा फिर्ता लिन आग्रह गरेको हो

विज्ञापन
No data was found

संघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ राष्ट्रिय टिम छनोट प्रक्रियालाई लिएर निहित स्वार्थ समूहले समाजिक सञ्जाल प्रयोग गरी गलत प्रचारबाजी गरेका कारण प्रशिक्षक भट्टज्यू शारीरिक मानसिक सामाजिक र पारिवारिक रुपमा विचलित हुनुभएको छ यसकारण उहाँले फेसबुक स्टाटस मार्फत कुनै कार्यक्रममा सहभागी नहुने घोषणा गर्नुभएको भएपनि नेपाल भलिबल संघ परिवारले त्यसमा पून विचार गर्न आग्रह गर्दछौं

विज्ञापन
No data was found

सङ्घले राष्ट्रिय टिम छनोटमा जात वर्ग भेग वा क्षेत्रका आधारमा नभई खेलाडीको कौशल रणनीति अनुशासन र अन्तर्राष्ट्रिय प्रदर्शनलाई आधार मानिने स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ देशको झण्डालाई सिरमा राखेर खेलाडी छनोट गरिएको हो। यदि असहमति भए विधिपूर्वक लिखित निवेदन दिन सकिन्छ तर एउटा व्यक्तिलाई मात्र दोषी देखाउने प्रवृत्ति स्वीकार हुने छैन। सङ्घले भट्टको योगदानलाई स्मरण गर्दै हालसम्म उनकै प्रशिक्षणमा पुरुष र महिला टिमले गरी जम्मा १३ अन्तर्राष्ट्रिय पदक स्वर्णराजक र कास्य जितेको उल्लेख गरेको छ।

विज्ञापन
No data was found

भलिबल संघले केही सीमित तत्त्वले फैलाउन खोजेको अफवाहमा नलाग्न आग्रह गर्दै भनेको छ। नेपाल भलिबल प्रचलित ऐन नियम कानुन र अन्तर्राष्ट्रिय मापदण्डभित्र रहेर कार्यसम्पादन गरिरहेको छ। खेलाडी छनौट लगायत भलिबल खेलसँग सम्बन्धित गतिविधिमा फैलाउन खोजिएको हल्लामा नफस्न सबै भलिबल प्रेमीमा अनुरोध गर्दछौं।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

नेपाल डे परेडसम्बन्धी ऐतिहासिक सहमति: नेपाली समुदायमा एकताको नयाँ अध्याय सुरु

2

कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

3

सुनचाँदीको मूल्यमा केही गिरावट

4

रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ हुने

5

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

6

गायक सन्तेन्जी शेर्पाको सैलुङ्ग डाँडा सय थुम्का नयाँ गीत सार्वजनिक 

7

शेर्पा बिद्यार्थी संघ ओखलढुंगाले खुला मिनि म्याराथन प्रतियोगिता गर्ने

No data was found
यो पनि पढ्नुहोस

नेपाल डे परेडसम्बन्धी ऐतिहासिक सहमति: नेपाली समुदायमा एकताको नयाँ अध्याय सुरु

कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

सुनचाँदीको मूल्यमा केही गिरावट

रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ हुने

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

गायक सन्तेन्जी शेर्पाको सैलुङ्ग डाँडा सय थुम्का नयाँ गीत सार्वजनिक 

शेर्पा बिद्यार्थी संघ ओखलढुंगाले खुला मिनि म्याराथन प्रतियोगिता गर्ने

इन्जिनियर किरण केसी उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृत नियुक्त