सरकारले सार्वजनिक सम्पत्तिमाथि आगजनी र लुटपाट सम्बन्धनमा उच्चस्तरीय न्यायिक समिति बनाउने निर्णय गरेको छ।
विज्ञापन
No data was found
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व न्यायाधीशको संयोजकत्वमा न्यायिक समिति बनाउने सैद्धान्तिक सहमति भएको गृह तथा कानुन मन्त्री ओम प्रकाश अर्यालले बताए।
विज्ञापन
No data was found
उनका अनुसार अहिले सैद्धान्तिक निर्णयमात्र भएको हो। ‘आज सैद्धान्तिक निर्णय भयो। कसको नेतृत्वमा को को सदस्य रहने विषयमा अर्को बैठकले निर्णय गर्छ। पूर्वन्यायाधीशको संयोजकत्वमा समिति बन्छ,’ उनले भने।
विज्ञापन
No data was found