April 8, 2026

'रामेश्वर खनाल र कुलमान घिसिङ मन्त्री बन्ने टुंगो, ओमप्रकाश अर्यालसँग छलफल जारी'

भदौ २९, २०८२

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले दुई जना मन्त्री टुंगो लगाएकी छन्।

विज्ञापन
No data was found

 

विज्ञापन
No data was found

अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जामन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको कार्की निकट स्रोतले जानकारी दियो।

विज्ञापन
No data was found

 

प्रधानमन्त्री कार्कीले उनीहरूसँग सुरुमा फोनमा कुराकानी गरेकी थिइन्। त्यसपछि प्रधानमन्त्री कार्यालयमै बोलाएर छलफल गरी टुंगो लगाइसकेको स्रोत बताउँछ।

यसबाहेक ओमप्रकाश अर्याललाई पनि मन्त्री बन्न प्रस्ताव गरिएको छ। अर्यालले अहिलेसम्म सहमति जनाइसकेका छैनन्। उनले आफू सरकार बाहिरै रहेर सहयोग गर्ने बताइरहेका छन्।

अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने खनाल पूर्वअर्थसचिव हुन्।

उनले केही समयअघि मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्षका रूपमा केपी ओली सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए।

अर्थतन्त्रको कमजोरी कहाँ छ, समस्या किन आयो, तत्काल के गर्नुपर्छ र दीर्घकालीन उपाय के हुन् भन्ने विषयमा उनले ठोस सुझाव दिएका थिए।

ऊर्जामन्त्री घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन्।

आफ्नो व्यवस्थापकीय क्षमताका कारण नेपाललाई लोडसेडिङबाट मुक्त गराएको भनी आमजनतामा लोकप्रिय घिसिङलाई केही महिनाअघि केपी ओली सरकारले नै प्राधिकरणबाट हटाएको थियो। उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरिएको थियो।

त्यस्तै, अर्याल अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि लोकप्रिय भएका हुन्।

उनले जनहितका विभिन्न मुद्दा उठाएर कानुनी लडाइँ लड्दै आएका छन्। उनी काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकार पनि हुन्।

सुशीला कार्कीको अन्तरिम सरकार प्रमुख नियुक्ति क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्नमा पनि उनी संलग्न थिए। शपथग्रहण समारोहमा पनि उनी सहभागी भएका थिए।

यसअघि नवनियुक्त प्रधानमन्त्री कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधीवक्ता नियुक्त गरिसकेकी छन्।

आइतबार बिहानदेखि नै कार्कीले मन्त्रीमण्डल गठनलाई तीव्रता दिँदै छलफल सुरू गरेकी हुन्।

जेन–जी आन्दोलनको दबाबमा निवर्तमान प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन्। उनी नेपालको इतिहासकै प्रथम महिला प्रधानमन्त्री हुन्।

कार्कीले प्रधानमन्त्री पदको शपथ लिएलगत्तै प्रतिनिधिसभा विघटन गरिएको छ भने फागुन २१ गते निर्वाचन गर्ने घोषणा भइसकेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

नेपाल डे परेडसम्बन्धी ऐतिहासिक सहमति: नेपाली समुदायमा एकताको नयाँ अध्याय सुरु

2

कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

3

सुनचाँदीको मूल्यमा केही गिरावट

4

रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ हुने

5

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

6

गायक सन्तेन्जी शेर्पाको सैलुङ्ग डाँडा सय थुम्का नयाँ गीत सार्वजनिक 

7

शेर्पा बिद्यार्थी संघ ओखलढुंगाले खुला मिनि म्याराथन प्रतियोगिता गर्ने

No data was found
यो पनि पढ्नुहोस

नेपाल डे परेडसम्बन्धी ऐतिहासिक सहमति: नेपाली समुदायमा एकताको नयाँ अध्याय सुरु

कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

सुनचाँदीको मूल्यमा केही गिरावट

रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ हुने

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

गायक सन्तेन्जी शेर्पाको सैलुङ्ग डाँडा सय थुम्का नयाँ गीत सार्वजनिक 

शेर्पा बिद्यार्थी संघ ओखलढुंगाले खुला मिनि म्याराथन प्रतियोगिता गर्ने

इन्जिनियर किरण केसी उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृत नियुक्त