April 8, 2026

'पाकिस्तानमा ३० रुपैयाँका कारण झगडा हुँदा दुई दाजुभाइको हत्या'

भदौ ११, २०८२

पाकिस्तानको रायविन्डमा सामान्य आर्थिक विवादले भयावह रूप लिएपछि दुई दाजुभाइको ज्यान गएको छ।

विज्ञापन
No data was found

प्रहरीका अनुसार मृतक रशिद र वाजिद दूध व्यापारी थिए। उनीहरू घर फर्किँदै गर्दा फलफूल किन्न जाँदा विवादमा फस्दा घटना घटेको हो।

विज्ञापन
No data was found

घटनामा संलग्न ओवैस र उनका भाइ तैमुरले करिब ३० रुपैयाँको मतभेदलाई लिएर झगडा सुरु गरेका थिए। ओवैसले एक दर्जन केराको मूल्य १३० रुपैयाँ तोकेका थिए तर रशिदसँग १०० रुपैयाँ मात्रै भएकोले विवाद बढेको बताइन्छ।

विज्ञापन
No data was found

सुरुवातमा सामान्य भनाभन मात्र भए पनि केही बेरमै स्थिति नियन्त्रणबाहिर गयो। प्रहरीका अनुसार, दुवै पक्षबीच हाताहाती हुँदा ओवैस, तैमुर र उनका साथीसँगै अन्य स्थानीयले लाठी र क्रिकेट ब्याट प्रयोग गरी रशिद र वाजिदलाई कुटपिट गरे। गम्भीर चोट लागेर उनीहरू घटनास्थलमै मृत्यु भएका थिए।

प्रहरी उपरीक्षक मोअज्जम अलीले घटनामा संलग्न दुवै मुख्य अभियुक्तलाई पक्राउ गरी थप अनुसन्धानका लागि अपराध नियन्त्रण विभागमा पठाइएको जानकारी दिएका छन्।

घटनाका प्रत्यक्षदर्शीले करिब २५० जना मानिस उपस्थित रहे पनि कसैले झगडा रोक्ने प्रयास नगरेको भन्दै मानवीय संवेदनशीलताको कमी देखिएको टिप्पणी गरेका छन्।

यसरी, सामान्य मूल्य विवादले ज्यानसम्म जाने अवस्थाले पाकिस्तानमा सानो कुरा पनि हिंसात्मक रूप लिन सक्ने गम्भीर सामाजिक समस्या रहेको सं

केत गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

नेपाल डे परेडसम्बन्धी ऐतिहासिक सहमति: नेपाली समुदायमा एकताको नयाँ अध्याय सुरु

2

कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

3

सुनचाँदीको मूल्यमा केही गिरावट

4

रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ हुने

5

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

6

गायक सन्तेन्जी शेर्पाको सैलुङ्ग डाँडा सय थुम्का नयाँ गीत सार्वजनिक 

7

शेर्पा बिद्यार्थी संघ ओखलढुंगाले खुला मिनि म्याराथन प्रतियोगिता गर्ने

No data was found
यो पनि पढ्नुहोस

इन्जिनियर किरण केसी उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृत नियुक्त